सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खेलकुलका स्टार सुमित विष्टको प्रतिभा चिनेन राज्यले

प्रकाश भट्ट

कञ्चनपुर । कञ्चनपुरका खेलाडी सुमित विष्टले गत बर्ष ०७९ साल गण्डकी प्रदेशमा सम्पन्न भएको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो विधातर्फ गोल्डमेडल प्राप्त गरेका थिए । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मात्रै नभई स्थानीय, क्षेत्रीय, राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरमा भएका तेक्वान्दो प्रतियोगितामा विष्टले उत्कृष्ठ स्थान हासिल गर्दै आएका छन ।

No description available.

भीमदत्त नगरपालिका १६ बसन्तपुरका स्थानीय बासिन्दा समेत रहेका खेलाडी सुमित विष्ट ओझेलमा परेका छन । नेपाल, भारत, पाकिस्तान र अजरबैजापाकिस्तान र अजरबैजाङ्ग सहितका देशमा तेक्वान्दो प्रतियोगितमा भाग लिएर उत्कृष्ठ स्थान हासिल गरेका तिनै खेलकुदका उर्बरा विष्ट अहिले ओझेलमा परेका हुन ।

World Link Ads
Mahakali Polytechnic

बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा रुची राख्ने विष्टले १९ बर्षकै उमेरमा राष्ट्रिय एव अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी भए उपाधी पाएका छन । तैपनि राज्यले उनको प्रतिभालाई चिनेको छैन । गाँउकै न्यू सरस्वती विद्या मन्दिरमा नर्सरीदेखि २ सम्म अध्ययन गरेका थिए, त्यसपछि ६ देखि १० सम्म महेन्द्रनगरको ईन्टरनेशनल स्कुलमा अध्ययन गरेका विष्ट भारतको नैनिताल स्थित पार्वती प्रेमा जगती सरस्वती विद्यालयबाट प्रविणता प्रमाण तह अध्ययन गरेर हाल भारतकै एनआईओस स्नातक तह बिबिएस प्रथम बर्षमा अध्ययनत विद्यार्थी विष्टले खेल क्षेत्रमा उत्कृष्ठ स्थान हासिल गरेपनि उनको प्रतिभालाई स्थानीय, प्रदेश र संघीय सरकारले चिनेको छैन ।

Dirghayu Ads

No description available.

भारतमा अध्ययनकै सिलसिलामा उनले दर्जनौँ प्रतियोगितमा भाग लिएर नेपालकै नाम राखेका छन । कक्षा ६देखि नै खेलकुद क्षेत्रमा रुची राख्दै आएका विष्टले अध्ययनकै सिलसिलामा भारतका विभिन्न स्थानमा सम्पन्न भएका तेक्वान्दो सहितका अन्य खेलकुद प्रतियोगिता क्रिकेट, बास्केट, भलिबल,फुटबल, ब्याटमिन्टन प्रतियोगितमा समेत उत्कृष्ठ स्थान हासिल गरे बाफत पुरस्कार पाएका थिए । बहुखेलकुद प्रतियोगिताका धनी विष्टको घरभरी झण्डै एक भन्दा बढि प्रमाण पत्र, मेडल, ट्रफि छन ।

Sana Kishan

तर, ति प्रमाण पत्र, ट्रफि, मेडल सरकारले नचिनेपछि उनी ओझेलमा परेका छन । ०७८ सालमै प्रथम मुख्यमन्त्री सुदूरपश्चिम स्तरिय तेक्वान्दो प्रतियोगितामा समेत उनले गोल्डमेडल ल्याएका थिए, भारत र पालिकामा सम्पन्न भएका ५४ किलो समुहमा उनले गोल्डमेडल ल्याएका थिए । अजरबैजाङ्गको बाकुमा भएको विश्व च्यापियनसिप प्रतियोगितमा समेत उनले उत्कृष्ठ स्थान हासिल गरेका थिए ।

No description available.

यसरी गाँउमा हुर्किएको खेलकुद प्रतिभालाई सरकारले नजिनेपछि बहुप्रतिभा खेलकुदका धनी विष्ट ओझेलमा परेका थिए । उनीसंगै कुनै अभ्यास गर्ने आधुनिक स्रोत साधन बिनैपनि जहाँ जहाँ प्रतियोगितामा सहभागि भए त्यही उत्कृष्ठ स्थान हासिल गदै आएका छन । सुमित विष्टले अध्ययनकै सिलसिलमा भारतका थुप्रै स्थानमा भएका प्रतियोगिता जितिएको बताए । ‘घर परिवारको पूर्ण सहयोगले म यहाँसम्म आईपुगेको छु, ‘उनले भने, ‘भारतमा मलाई त्यहाँका प्रशिक्षकहरुले नेपालबाटै खेलकुद खेल्न सुझाव दिएपछि मैले नेपालबाट समेत खेल्दै आएको छु ।’ आफुलाई तेक्वान्दोका प्रशिक्षक मोहन गुरुङ्ग सहितले साथ सहयोग गरेको बताए ।

सुमित विष्टका बाबु हर्षेश विष्टले बाबुको सानैदेखिको खेलकुदको रुची परिवारबाट पुरै साथ सहयोग रहेको बताए । ‘हामीले बाबुमाथि सक्दो लगानी गरेका छौँ, ‘उनले भने, ‘अब एक परिवारसंग ठुलो लगानी हुने कुरै भएन, तैपनि छोराले जहाँको प्रतियोगितामा सहभागि भएपनि जित्दै आएको छ ।’ दुई बर्ष अघि यूरोप जान खोजेपनि लगानी अभावका कारण जान नसकिएको बताए । खेलक्षेत्रमा सम्भावित खेलाडीलाई राज्यले समेत आवश्यक अवसर दिनुपर्ने उनको भनाई छ ।

बाल्यकालमा सुमित विष्ट अध्ययन गरेको न्यू सरस्वती विद्या मन्दिर स्कुलका प्रिन्सिपल अमराज भट्टले राष्ट्र चिनाउने खेलाडीको राज्यले समेत कदर गर्नुपर्ने बताए । ‘खेलकुदको विकासका लागि यस्ता खेलाडीको पहिचान गरेर सरकारले अवसर दिनुपर्छ, ‘उनले भने, ‘खेलकुद क्षेत्रलाई विशुद्ध खेलकुदमै अघि बढाउनुपर्छ ।’ भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशब सिह विष्टले उत्कृष्ठ खेलाडी सुमित विष्टलाई थप सहयोग गरिने बताए । ‘हामीले उनलाई सम्मान गर्न खोजेका छौँ, ‘उनले भने, ‘तर सुमितकै समय नमिल्ने भएपनि सम्मान रोकिएको छ, छिट्टै गछौँ ।’ वडामा रहेका सम्भावित खेलाडी पहिचान गरे सम्मानका साथै प्रर्बद्धन गरिने अध्यक्ष विष्टले बताए ।

कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिहले सुमित विष्टलाई संघले आवश्यक सहयोग गर्दै आएको र भावि दिनमा समेत गर्ने बताए । ‘विभिन्न प्रतियोगितामा सहभागिताका लागि हामीले संघलाई सुमित सहितका अन्य खेलाडीलाई आवश्यक सहयोग गरेका छौँ, ‘उनले भने, ‘भावि दिनमा समेत तेक्वान्दो संघले प्रतिभावान खेलाडीको प्रर्बद्धन गछौँ ।’ तीनै सरकारलाई घचघच्याएर तेक्वान्दोका खेलाडीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.