सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग हुन्छ : राजदुत श्रीवास्तव

कञ्चनपुर: नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तले नेपाल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने बताएका छन ।

सोमबार बिहान दोधाराचाँदनी बन्ने सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदुत श्रीवास्तले समयमै बन्ने विश्वास व्यक्त गरेका छन । राजदुत श्रीवास्तले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त सुक्खा बन्दरगाह निर्माण भए दुवै देशलाई फाईदा हुने बताए । पुर्वमन्त्री एव नेपाल काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यबिध बनिसकेकाले काम शिघ्र हुने बताए ।

Sana Kishan

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपाल भारत दुवै देशका व्यापार बृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको बताए ।

World Link Ads
Mahakali Polytechnic

लेखकले अब दोधाराचाँदनीको सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढिसकेको बताए । दोधाराचाँदनी नगरका मेयर किशोर लिम्बुले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भिर हुनुपर्ने बताए ।

Dirghayu Ads

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका बेला बन्दरगाह निर्माण कार्य समेत शिघ्र गर्नुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समेत सुक्खा बन्दरगाह निर्माण कार्य समयमै गर्नुपर्ने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.