सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा ‘अटवारी’ पर्व मनाईँदै

कञ्चनपुर – थारु समुदायमा ‘अटवारी’ पर्व आइतबारदेखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आईतवारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुदाँ आईतबार यो पर्व सुरु भएर सोमबारसम्म मनाइने गरिन्छ।

स्थानिय सुमन चौधरीका अनुसार यो पर्वमा विशेस गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको उनले बताइन ।

Dirghayu Ads

दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको उनको रहेको भनाइ छ।

अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको उनले बताइन। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले बिशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.