सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साहित्यकार भट्ट सम्मानित

कञ्चनपुर : कञ्चनपुरका साहित्यकार धर्मानन्द भट्ट सम्मानित भएका छन्।

बिहीबार १५८ औं मोती जयन्तीको अवसरमा मानसखण्ड फाउन्डेसनको आयोजनामा तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानको सहकार्यमा र रेडियो शुक्लाफाँटाको विशेष सहयोगमा सम्पन्न गजल/मुक्तक वाचन कार्यक्रमका विच साहित्यकार भट्टलाई सम्मान पत्र प्रदान गरिएको हो।

Sana Kishan

विगत लामो समयदेखि नेपाली तथा डोटेली भाषा साहित्य एवम कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको र विषेशगरी गजल साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याएको भन्दै साहित्यकार भट्टलाई सम्मानित गरिएको जनाइएको छ।

World Link Ads

सम्मानित हुने साहित्यकार भट्टले आफूलाई अमूल्य सम्मान गरेकोमा मनसखण्ड फाउन्डेसन र गुगुल्डी वाङ्मय प्रतिष्ठान प्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान गरेको बताउनुभयो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close