सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ,उपाधि झिल्मिला “बि” को पोल्टोमा

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छन् ।

सुदूरपश्चिमेलिहरु को महान चाड गौरा पर्वको उपलक्ष्यमा अल स्टर युवा क्लब बेल्डाँडीले भाद्र १८ देखि २७ गते सम्म संचालनमा रहेको छैठौं बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को समापन बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाको प्रमुख अतिथिमा सम्पन्न भएको क्लबका सचिब धन बहादुर महताले बताउनु भयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेल सिहपाल युवा क्लब बेलडाँडी-२ र झिल्मिला युवा समाज बेल्डाँडी-५ बिचको रोमाञ्चक खेल बुधबार भएको फाइनल खेलमा झिल्मिला युवा समाजले ५-० गोलको अन्तरले सिहपाल युवा क्लब लाई हराउदै उपाधि जितेको आयोजक क्लबका सचिब महताले बताए।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रतियोगिताको उत्कृष्ट डिफेन्स झिल्मिल टिमका मोहन गिरि, उत्कृष्ट मिड्फिल्डर करन पाल , उत्कृष्ट फोर्वाड करन देव पुरी , उदयमान खेलाडी अल स्टार युवा क्लब “ए” का निर्प चन्दले उपाधि जितेको छ। भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता झिल्मिला टिमका धिरेन्द्र बहादुर शाहले १२ गोल गर्दै उपाधि हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी झिलमिला टिमका भुवन जोशी र उत्कृष्ट गोलरक्षक सिहपाल टिमका निरज थापा मगरले उपाधि जितेको हो।

 

Dirghayu Ads

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। भने उपविजेता टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडलमा चित्तबुझाएको छ। प्रतियोगितामा २० टिमले सहभागिता जनाएको थियो।

समापन कार्यक्रमका सभापति अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायर, प्रमुख अतिथि बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष शान्ति नाथा अतिथिमा बेल्डाँडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पालिका प्रवक्ता गज बहादुर बिष्ट ,वडा न.२ का अध्यक्ष नारद सिंह उर्याल, वडा न.५ का अध्यक्ष इन्द्र बहादुर खड्का लगायत समाजसेवी ,खेलप्रेमी,खेलाडी ,पत्रकार र क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सञ्चालन अल स्टार युवा क्लबका सहसचिव दिपक कोइराला गर्नुभएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.