सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विगत १३ वर्षदेखी बेसाहारा पशुहरूको निरन्तर उद्दारमा ‘आई केयर यू’

गणेश एसके/कञ्चनपुर : सुदुरपश्चिमका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको एउटा भयानक पशु चौपया छाडा छोड्ने ! यस समस्याबाट अछुत रहन सकेको छैन कञ्चनपुर जिल्ला पनि । जिल्लाका विभिन्न स्थानीय निकाय भित्र बेला बेला आन्दोलन भइरहन्छन् पशु चौपाया नियन्त्रणका मागसहित । तर विडम्बना के भने , तिनै स्थानीय जनताहरू पशुहरू प्रयोग गर्दा सम्म प्रयोग गर्छन काम नलागे छोड्छन् र त्यसपछि हाम्रो बालीनाली नष्ट गर्यो भन्दै फेरि स्थानिय तहमा आन्दोलन गर्छन । एक किसिमले नेपाली समाजको चिन्तन र प्रवृत्ति गलत दिशा तिर गईरहेको संकेत यो सोचाइले गर्छ ।

तिनै बेसाहारा छाडा पशु चौपायाहरुको स्याहारसुसार र उद्दार कार्यमा लाग्नु भएकी कञ्चनपुरकी मञ्जु शाही यो समाजकी एउटा उदाहरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । हिजो बुधबार उहाँलाई भेट्न भनी जिल्लाको भीमदत्त नगरपालिका १८ को पुष्पलाल चोक स्थित रहेको उनको घरमा हामी पुग्यौं । हामी घरमा जाँदा उहाँ कुकुर र बिरालोलाई स्याहार्दै हुनुहुन्थ्यो र घरकै मूल गेट छेउमा एउटा बिरामी गाईको उपचाररत थियो । उनको घरमा ३/४ जनाको टीम बसेको थियो र उनीहरू पशु चौपायाकै स्याहारसुसार र उद्दारको विषयमा छलफल गरिरहेका थिए । सरल र शान्त जीवन शैलीमा बाँचिरहेकी उनी हेर्दा पनि सहयोगी र मिलनसार जस्तै देखिन्थिन् । र हामीले सुरु गर्यौ उहाँको पशु चौपाया स्याहारसुसार तथा उद्दारको कथा ! करिब २०६३ सालतिरबाट निरन्तर बेसाहारा पशुहरूको उपचार उद्दार गरिरहेको उनी बताउँछिन ।

पेसाले शाही शिक्षिका थिइन , र डान्स सिकाउने प्रशिक्षक पनि तर अहिले भने रिटायर्ड भइन् । उनले त्यो सँगै यो सामाजिक कार्यमा पनि आफ्नो पशु चौपायाहरु प्रतिको माया र सदभावकै कारण यो क्षेत्रमा लागेको उनले बताइन् । सुरुमा छाडा चौपायाका उद्दारमा लागेको पहिलो घटना सम्झिदै उनी भन्छिन् , “ अचानक विद्यालयमा पढाइरहेका बेला मेरो विद्यालयको गेट बाहिर एउटा गाईको ठूलो घाउ देखें , हिउँदको महिना थियो त्यो गाईलाई सारै पीडाको भएको महसुस मैले गरे र मनले नमाने पछि प्रधानाध्यापकलाई एक्छिन अनुमति लिएर त्यो गाईको घाउमा औषधि हाले र केही दिनमा घाउ भएको गाई ठीक भयो त्या बाट बिस्तारै बिस्तारै गर्दै गर्दै यहाँ सम्म पुगे ।”योजनाले समाज सेवा गर्छु भन्दा पनि समाजको समस्या र आबस्यकताले पशु चौपायाको उद्दार गर्न पुगेकी शाही बताउँछिन् । २०६३ यता निरन्तर चलिरहेको उनको यो अभियान व्यवस्थित गर्न उनले २०६६/ ६७ तिर “आई केयर यू ” नामक संस्था खोलेर पशुको उद्दारमा खटिन थालिन् । आई केयर यू संस्थाको संस्थापक रहेकी शाही हाल यसै संस्था मार्फत छाडा पशु चौपायाको उद्दारको अभियान निरन्तर छिन् । छोडेका पशु चौपायालाई सुरक्षित स्थानमा राख्ने , बिरामी र घाउ भएका पशुहरूको उपचार गर्ने त्यो नै शाहीको दैनिकी बनेको छ । विषेशगरी गाईवस्तु , कुकुर बिरालो र अन्य पशुहरूको उद्दार बढी गर्ने गरेको उनको अनुभव छ । उनको यो चुनौतीपूर्ण कार्य कोरोना महामारीको जटिल समयमा पनि निरन्तर चलिरह्यो ।

Mahakali Polytechnic

World Link Ads

‘आई केयर यु’ मा अहिले करिब १५ जनाको टीम निरन्तर अभियानमा खटिरहेको छ र पछिल्लो समय त भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीहरू तिनै उद्धारकर्ता शाहीको अभियानमा जोडिएर प्रयोगात्मक शिक्षा लिइरहेका छन् ।शाही भन्छिन् , “ हामी संग निरन्तर अभियानमा जोडिएर प्रयोगात्मक रूपले भेटेरिनरी अध्ययनरत विद्यार्थीहरुले बढी सिक्ने अवसर पाएका छन् ।”

Sana Kishan

अहिले धेरै मान्छेहरु मेरो गाईवस्तु बिरामी भयो , मेरो कुकुर बिरालो बिरामी भयो भनेर धेरै राम्रै मान्छेहरू पनि आफूलाई सम्पर्क गर्ने गरेको शाही भन्छिन् । ‘ तर तपाईंहरूको घरका पशु चौपाया हेरचाह गर्ने जिम्मा हाम्रो होइन , हामी छाडा चौपायाका उद्दार कार्य हौ भन्छौ , शाहीले भनिन् ।

पछिल्लो समय पशुहरुमा देखिएको ‘ लम्पी स्किन ’ रोग एक महामारीको रूपमा देखा पर्यो । त्यो सुरु भए यता मात्रै करिब ५०० पशुहरुलाई त्यस रोग विरुद्धको खोप (सुई) आई केयर यू टिमले लगाई सकेको शाहीले हामीलाई बताइन । उनले भनिन् ,“हामीले दैनिक जस्तो आजकल २५ देखि ५० पशुलाई उपचार गर्ने सुई लगाउने गरेका छौं र यो पछिल्लो अवधिमा मात्रै ५०० जति पशुलाई सुई लगाई सक्यौ ।” यसरी उनको ‘ आई केयर यू ’मार्फतको पशु उद्दारको अभियान आर्थिक सहयोग र सहायता बाटै चलिरहेको शाहीले बताइन । उनले भनिन् , “देश विदेशमा रहने व्यक्तिहरूले आफ्नो जन्मदिन , आमाबुवाको पुण्य तिथिको अवसर जस्ता प्रसङ्गमा हामीलाई सहयोग गर्छन र त्यो बाट नै पशुहरूको उपचारका लागि औषधि र अन्य सामान जुटाउने गर्छौ । ”राज्यका निकायहरुबाट आफ्नो अभियानलाई खासै सहयोग नभएको उनी बताउँछिन ।

 

पशु चौपाया नियन्त्रणका लागि स्थानीय तह र राज्यस्तरबाट प्रयास त भएका छन् तर सफल हुन् नसकेका उनको बुझाइ छ । जनस्तरबाट स्थानीय तहलाई सहयोग नहुँदा पनि यो समस्या समाधान हुन सकेको छैन , उनले भनिन् ।

 

दिनहुँ जस्तो नागरिकहरूले पशु छोड्नुको कारणमा पशुका लागि पहिलो कुरा त चरन क्षेत्र वन जंगल नहुनु एउटा समस्याको रुपमा रहेको उनको भनाइ छ । प्राय अहिले कञ्चनपुर जिल्लामा अन्यत्रबाट बसाई सरेर बसोबास गर्नेको संख्या ठूलो छ र त्यसरी बसोबास गर्नेहरूको जमीन सानै हुन्छं अनि पशुहरू प्रयोग गर्दा सम्म प्रयोग गर्छन अनि बाध्यतावस भए पनि पशुहरू छोडी दिन्छन् , शाहीले भनिन । पशु चौपाया छोड्ने समस्या समाधान गर्न मुख्य कुरा त जनतालाई पशु प्रतिको माया, समान र सद्भाबको भावना पैदा गर्ने मनसायले जनचेतना अभिवृद्धि गराउनु आवस्यक रहेको र राज्यले त्यो सँगै यसरी पशुलाई बेवारिसे छोड्नेलाई कानूनी माध्यमबाट कडाइका साथ नियम बनाएर लागू हुनुपर्ने पशु उद्धारकर्ता शाही भन्छिन् । पशुको जीउमा राज्यले चिप जडान गरेर , जनतामा जनजागरण पैदा गरेर र यसरी पशु चौपाया छोड्नेलाई राज्यले दिने सेवा सुविधा कटौती गरेर लगायतका उपाय अपाउन सके पशु चौपाया छोड्ने क्रम रोकिने उनको विश्वास छ । कञ्चनपुरको महेन्द्रनगर स्थित राष्ट्रिय वाल विद्यालयमा करिब ४० वर्ष शिक्षिका भएर काम गरेको अनुभव भएकी तिनै शाही अहिले भने छाडा पशु चौपायाहरुको स्याहारसुसार र उद्धारकर्ताको रूपमा समाजको एउटा उदाहरणीय पात्रको रुपमा चिनिन्छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds