सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

पहिरोले घर पुरिँदा बैतडीमा आमा छोराको मृत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका २ मा भैरु टोलमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।

गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्ताजी २५ वर्षीया अञ्जु जागरी र करिब ५ वर्षका रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन् । सगुन खबर बाट साभार

Mahakali Polytechnic

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds