
सुनसान अँधेरी रातमा,
प्रकृति सँगका मीठामीठा बातमा,
मन पनि कत्ति खुसी हुँदो हो,
अथाह सपनाहरूको जमातमा,
एक्कै छिन पछि झस्किन्छ सँगै अमूल्य समय छ,
मलाई जाग्नु पनि त छ प्रभातमा,
सधैँ आनन्दित भइरहनलाई पनि,
त्यै समय बैरी कम छ,
एउटा मदिरा मात्रै त हो सायद खुसी दिने त,
कमसेकम हाँस्न त पाइन्छ भए पनि मातमा,
सम्झिँदा “आमा” को त्यो,
रातो पुरानो फाटेको चोली !
मनमा जहिले उल्झन भइरहन्छ,
आखिर को हुँ र म ?
बाँचिरहेछु मात्र न छु आफ्नै थातमा,
“बाबा” जहिले भन्नु हुन्छ पैसा छैन यहाँ,
बिचरा ! के बोल्नु म टिलपिल आँसु पुछ्दै,
कानमा मोबाइल लगाइ सुनिरहन्छु,
लाग्छ सपनाहरू सबै डढेर नष्ट भइसके,
म समावृत्त छु त्यो बिस्मातमा !
