सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले पीएनजीलाई दियो २ सय ९८ रनको लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो ।

आज नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो पहिलो शतक पनि हो । आशिफको एकदिवसीय खेलमा एक हजार रन पनि पूरा भएको छ । एकदिवसीयमा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । आज कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रनमा आउट भए ।

Sana Kishan

ज्ञानेन्द्र मल्ल ११, करण केसी ८, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने समान ७ रनमा आउट भए । २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

World Link Ads
Mahakali Polytechnic

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन÷जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न दुई खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २÷२ खेल खेल्नेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.