दुख को गास खाएर सुखको आस गर्दै
पल पलमा बल जगाइ भरोसाको सास फेर्दै
हँसिया ,डोको बोकि उकाली ओराली झर्दै
आफ्नाका लागि चट्टान बनेर साथ दिने
सृष्टि कर्ता सबै नारी जातिमा
अनन्त सलाम छ
जसका निम्ति जन्मघर छोडि डोलिमा घुम्टो ओढेर
आफु डुबेर भए पनि अरुलाइ उतार्ने महान भावझै
आफु नांगिएरै भए पनि पुरुषलाई जिउ समर्पण गरि
इज्जतको च्यादर मा फुलझैँ मालामा बेरिएर
अगाध स्नेह,मायाको बाहुपासले मायाको आँचल छर्दै
पुरुषवादी समाजको चिन्तन छेक्ने लाख प्रयास चिर्न
हर्दम लागिपर्छिन उनि विभेदको पर्दाफास गर्न
कहिल्यै घँघुरिएर उन्यु का राइज्वाइड झै
भने कहिल्यै ठिङगो गाडिएको बाँसझैँ
सलाम छ ति स्वप्न सुन्दरी नारीमा
अनन्त सलाम छ
समाजका तीव्र उतारचढाव बिच ट्रान्जिसन ग्यापसँग अड्याप्टेसन हुँदै
मुठ्ठि चावल ले पुरै परिवारको भोक मेटाउने जादू छरि
भोक ,निद्रा ,प्यासमा आफूलाइ टाढा राखेर
मनको सिँहासनमा राख्दछिन आफ्ना खसमलाइ
अनि दश धारा दुध चुसाएका आफ्ना गुँडका बचेराहरुलाई
परिवेश आएमा चण्डि,कालि,दुर्गा को रुप धारण गरि
संकटहरण माता बनेर रक्षा कवच बज्रबाहिनी
ति सबै नारी जातिमा
लाखौं लाख नमन छ
पुष्प गुच्छा ,कोपिला अनि मन्जरीबाट फक्रिएकी
षोडसि नव यौवना भोगको लालसामा निदाएको
पुरुषको कामवासना तृप्त गराइ
हर्मोनल डिसअर्डर बाट बचाउछिन जो
ओखति बनेर दिलको पुर्जा जोडि
क्लनेफेल्टर सिन्ड्रोम देखिदैन जहाँ
न त देखिन्छ डाउन्स सिन्ड्रोम नै
कामरोगले मात्तेका बोकालाइ आफ्नो स्नेहमा कसेर
सांसारिक प्यासको सुखमा विलय गराउदा
त्यतिबेला जे हो तिमि नै हो भन्ने त्यहि युगपुरुष
फलको स्वाद लिएपछि बिँया फालेसरी
जब देख्दछ तुच्छता आफ्ना रतिक्रीडामा
जुन बेला खोज्दछिन ति नारीले अथाह प्रेम
तैपनि भ्रमरले फुलबाट मह लिइसकेपछि
दोस्रो फुलको रस लिन उडेको देखेर पनि
मरुभूमि को बालुवाझै भतभती पोलेको छाति
मौनता मा रुग्ण भाव बोकेर पनि शान्ति
खोज्दै
शरीरसँग होइन मनसँग प्रेम गर्न सिकाँउछिन जो
भमरा र फुल होइन बत्ती र पुतलीको प्रेम सिकाऊछिन् जो
परिवार लाइ कमाइ गराइ रमाइ हिड्दछिन् जो
ति महान पुष्प बाटिकाको शालिनताप्रति
कोटि कोटि नमन छ ।
– शिवराज कलौनी
भि न पा –३ कन्चनपुर









Discussion about this post