सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पनि एमालेको ‘मिसन ग्रासरुट’सुरु

28
Sana Kishan

बैतडीमा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान शुरु भएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ शुरु भएको अभियान बैतडीमा पनि शनिबारदेखि शुरु भएको नेकपा एमालेका बैतडी उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ‘मिसन ग्रासरुट’अभियानको शुरुवात गरिएको छ । एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । शनिबार जिल्ला सदरमुकाममा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सदस्य नरबहादुर धामी, सन्तोष शर्मा थापा, अफिलाल ओखेडा र लिलाधर भट्टको समेत उपस्थिती रहेको थियो ।

Arus

यही फागुन १५ गतेदेखि प्रत्येक पालिकामा गएर अभियानलाई सशक्त बनाइने उपसचिव भण्डारीले बताए । अभियानका लागि बैतडीमा पार्टीले चार जना केन्द्रीय सदस्यलाई खटाएको उपसचिव भण्डारीले बताए ।

Karnali Traders

जिल्लाको सिगास र सुर्नया गाउँपालिकामा केन्द्रीय सदस्य पठानसिंह बोहरा खटिनेछन् भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य नरबहादुर धामीलाई जिम्मेवारी दिएको छ ।

यस्तै दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा केन्द्रीय सदस्य सन्तोष शर्मा थापालाई जिम्मेवारी दिइएको छ भने पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य अफिलाल ओखेडालाई जिम्मेवारी दिइएको छ ।

अभियानमा प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु पनि खटिने उपसचिव भण्डारीले बताए । अभियान अन्तर्गत गाउँ टोलमै पुगेर पार्टी संगठन विस्तार गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने, पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्ने, नयाँ प्रतिभा भएका युवाहरुको पहिचान गर्ने उपसचिव भण्डारीले बताए ।

आगामी वैशाख ९ गते सम्म सञ्चालन हुने अभियानले पार्टीलाई बलियो बनाउने विश्वास लिइएको छ । उपसचिव भण्डारीले भने ‘हामी गाउँटोलमै पुगेर पार्टी संगठन विस्तारमा लाग्छौं । यसमा तल्लो कमिटिदेखि माथिल्लो कमिटिका सबै सदस्यहरु सक्रिय रुपमा लाग्नुहुन्छ ।’ सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.