सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन् । सापकोटालाई फागुन १ गतेदेखि नै परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सापकोटाले काम गरिरहेका थिए । सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउदै आएका छन् । उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्। सापकोटा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.