
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने धारणा राखेका छन्।

ग्याल्पो ल्होसारको सुखद उपलक्ष्यमा शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषताले भरिपूर्ण देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गरेका छन्। तिनको रक्षा र प्रवर्धन गर्नु हामी सबैको जिम्मेवारी भएको उनको भनाइ छ।

‘ग्याल्पो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो। यो ऐतिहासिक र प्रेरणादायी दिन हो’, उनको सन्देशमा भनिएको छ।
प्रधानमन्त्रीको सन्देश
थाहा खबर बाट
