सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैंकको ऋणले थिचिएका किसानलाई जोगाउन गगन थापाको माग

40
Sana Kishan

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले पछिल्लो समय सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको गुनासो गर्नुभयो । उहाँले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

Arus
Karnali Traders

उहाँले भन्नुभयो, ‘सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरूले बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नस्ट ग¥यो । नियमअनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड रुपैयाँ छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकारले किसानलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याइ छ । तर बैंकले किसानलाई समाउँछ । सरकारलाई मेरो प्रश्न छ– बैंकको ऋणले थिचिएका किसानले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँसु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ? ऋणले थिचिएका किसानलाई जोगाउनका लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’

त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरू आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक समिति गठन गर्न माग गर्नुभयो । उहाँले मानिसहरूले सामान्य जीवन चलाउन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताउनुभयो ।  उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.