सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रास्वपाले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने

47
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।

मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।

Arus

भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै शपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए ।

Karnali Traders

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछि मात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

“अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,” प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुङ्गो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।”

स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने बताएका थिए ।

भेटमा लामिछानेले आफूहरूको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने सङ्केत गरेका थिए । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.