
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयबारे तत्काल कुनै निर्णय नगर्ने भएका छन्।
उनले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउञ्जेलसम्म गृह मन्त्रालयबारे नर्णिय नगर्ने भएका हुन्।


मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, अहिले प्रधानमन्त्रीले सो मन्त्रालय आफैंले राख्नुभएको छ। त्यही कायम रहन्छ,’ उनले भने।
रास्वपा सभापति लामिछानेले भने गृह मन्त्रालयमा आफूलाई नियुक्त गर्न माग गर्दै आएका छन्। थाहा खबर बाट सभार
