सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुनः कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य हुनुभएको हो ।

Sana Kishan

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

World Link Ads
Mahakali Polytechnic

लामिछाने गएको मङ्सिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.