सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रास्वपाको आजदेखि गर्ने भनिएको प्रदेश समितिको विस्तारित बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेको छ ।

Sana Kishan

महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेको संसद पद बदर गरेसँगै पार्टीले उक्त निर्णय गरेको हो।अदालतको उक्त फैसलापछि रास्वपाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.