राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोकेका हुन् ।
राष्ट्रिय सभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।राष्ट्रिय सभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ । ईकान्तिपुर डटकम बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)