सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
यसअघि शुक्रबार दिँउसो ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा रावलले शपथलिएका हुन्।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
शपथग्रहण सकिएपछि प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गरेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् । अनलाइनखबर बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)