सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै गाउनु हुँदैन : मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार ’द राइजिङ नेपाल’को ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुति गान मात्रै गाउनु नहुने बताउनुभएको हो । उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुति गान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो ।

Sana Kishan

सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ । उहाँले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गर्नुभयो ।

World Link Ads
Mahakali Polytechnic

मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउनुभयो । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।

Dirghayu Ads

यस्तै मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एसियामा नै चिनाउनुपर्ने बताउनुभयो । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने देशको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.