सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश सभामा ८५ प्रतिशत महिला समानुपातिकतर्फबाट निर्वाचित

धनगढी –७ वटै प्रदेश सभामा ८५ प्रतिशत महिला समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

गत मङ्सिर ४ गते भएको निर्वाचनमा विभिन्न राजनीतिक दलले प्रत्यक्षमा कम उम्मेदवार बनाउँदा समानुपातिकमा बढी महिला निर्वाचित भएका हुन् । ​

संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न समानुपातिक तर्फबाट धेरै महिला निर्वाचित भएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

​सातै प्रदेशमा समानुपातिक तर्फबाट कुल १ सय ८६ महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकबाट ३४ पुरुष सदस्य निर्वाचित भएका छन् । सातै प्रदेशसभामा समानुपातिक २२० सदस्य छनौट भएका हुन् ।

Dirghayu Ads

राजनीतिक दलले समानुपातिक सदस्य उम्मेदवारको नाम बन्द सूचीमा मनोनयन दर्ता गराएका थिए । प्रतिनिधिसभामा पनि समानुपातिकतर्फबाट महिला सदस्य बढी निर्वाचित भएका छन् ।

Sana Kishan

प्रदेश १ को प्रदेशसभामा समानुपातिकतर्फबाट महिला ३१ र पुरुष ६ जना निर्वाचित भएका छन् ।

मधेश प्रदेशको प्रदेशसभामा समानुपातिकतर्फबाट ३६ महिला र पुरुष ७ जना निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार बागमती प्रदेशको प्रदेशसभा समानुपातिकबाट महिला ३५ र पुरुष सदस्य ९ जना निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभामा समानुपातिकबाट १९ महिला सदस्या निर्वाचित भएका छन् भने ५ पुरुष निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा समानुपातिकबाट ३२ महिला र ३ जना पुरुष सदस्य रनिर्वाचित भएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशमा १५ महिला र १ जना पुरुष समानुपातिकबाट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको समानुपातिक सदस्यमा कुल २१ समानुपातिक सदस्यमध्ये १८ महिला र ३ जना पुरुष निर्वाचित भएको आयोगले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.