सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोलखामा माओवादीका गंगा कार्की विजयी

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी पराजित भए । माओवादीका कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन्। एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन्। कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन्।

Sana Kishan

यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

समानुपातिकतर्फ भने मतगणना जारी छ। समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ। उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.