सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीम रावललाई मेयर शाहको जवाफ ः ‘परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूतसँग भेटेका हौँ’

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर आएपछि अमेरिकी राजदूतलाई भेटेको बताउनुभएको छ ।

अमेरिकी राजदूतलाई भेटेको बारेमा नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयलाई खण्डन गर्दै बालेन शाहले परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूत डीन थम्पसनसँग भेटेको बताउनुभएको हो । उहाँले अमेरिकी राजदूतले आफूहरूसँग पटक–पटक भेट्न खोज्दा चाहिँ परराष्ट्रबाट अनुमति लिएर आउन भनेको बताउनुभएको छ ।

यस्तै मेयर शाहले राजदूतले आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको भए पनि आफूहरूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको बताउनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्छाैँ भनेर पठाएका छौँ । र थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ’, शाहले फेसबुकमा लेख्नुभएको छ ।

Dirghayu Ads

यसअघि नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाउनुभएको थियो ।

रावलले नेपालको परराष्ट्र सम्बन्धी मामिला सङ्घीय सरकार मातहत रहने स्मरण गराउँदै मेयर शाहले परराष्ट्र मन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताउनुभएको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.