सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्सामा ४५ हजारभन्दा बढी मत बदर

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ४५ हजार ७२५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।

निर्वाचन कार्यालयका पर्साका अनुसार प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ३.८९ प्रतिशत मत बदर भएको छ। त्यस्तै समानुपातिकतर्फ खसेको कुल मतमध्ये ५.७५ प्रतिशत मत बदर भएको हो।

पर्साका चार निर्वाचन क्षेत्र र आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षतर्फ १८ हजार ४१९ मत र समानुपातिकतर्फ २७ हजार ३०६ मत गरी ४५ हजार ७२५ मत बदर भएको हो।

World Link Ads
Mahakali Polytechnic

प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कूल ५१ हजार २११ मत खसेकोमा २ हजार ५९१ मत अर्थात ५.०६ प्रतिशत मत बदर भएको छ।

Dirghayu Ads

प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भने सबै भन्दा बढी ५.२० प्रतिशत मत बदर भएको छ। उक्त क्षेत्रमा ५८ हजार ५४७ मत खसेकोमा ३ हजार ४६ मत अर्थात ५.२० प्रतिशत मत बदर भएको हो।

प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा ६४ हजार ३२४ मत खसेकोमा २ हजार ६५१ अर्थात ४.१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २१९ मत खसेकोमा २ हजार १०३ मत अर्थात ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जित झाले जानकारी दिइन्।

यसैगरि प्रदेशसभाको प्रत्यक्ष तर्फ सबैभन्दा बढी क्षेत्र नम्बर को २ (क) मा मत बदर भएको छ। ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्साको क्षेत्र नम्बर २ को (क) मा ३१ हजार ४५७ मत खसेकोमा १ हजार ३७१ मत अर्थात ४.३६ प्रतिशत मत बदर भएको छ। सबैभन्दा कम क्षेत्र नम्बर ४ को (ख ) मा ८७८ मत अर्थात २.६९ प्रतिशत मत बदर भएको छ।

बदर मत प्रत्यक्षभन्दा समानुपातिकमा बढी

Sana Kishan

पर्सामा प्रत्यक्षको भन्दा समानुपातिकतर्फ भने बढी मत बदर भएको जिल्ला निर्वाचान कार्यालय पर्साले जनाएको छ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ ४.७९ प्रतिशत मत बदर भएको छ। जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी समानुपातिक तर्फ कूल २ लाख ३६ हजार ६५० मत खसेकोमा ११ हजार ३४७ मत अर्थात ४.७९ प्रतिशत मत बदर भएको हो।

यस्तै प्रदेशसभामा पनि आठ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी समानुपातिक तर्फ कूल २ लाख ३७ हजार ४१७ मत खसेकोमा त्यसमध्ये १५ हजार ९५९ मत अर्थात ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलय प्रमुख झाले बताइन् ।

२०७४ को भन्दा यसपालि बदर मतको संख्या आधा
निर्वाचन आयोगको तथ्याङक अनुसार , पर्सामा २०७४ को निर्वाचनको भन्दा यसपालि मंसिर ४ मा भएको निर्वाचनमा भने बदर मतको संख्या निक्कै कम भएको छ।

आयोगको तथ्याङक अनुसार २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्सामा प्रत्यक्ष र समानुपातिको गरी औसतमा ९.३७ प्रतिशत मत बदर भएको थियो। तर यसपालिको निर्वाचन त्यो प्रतिशत घटेर ४.८२ प्रतिशतमा झरेको हो।

मतदाता शिक्षा प्रभावकारी भएको र मतपत्रहरू पनि छुटटा छुटटै भएका कारणले यसपटकको निर्वाचनमा पर्सामा बदर मतको संख्या विगतको निर्वाचनको भन्दा कम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन्।

उनले भनिन् , ‘हामीले विभिन्न पालिकाहरूमा निर्वाचन अगाडि नमूना मतदान गराएका थियौं, जिल्लाकै सञ्चारमाध्यमहरूबाट मतदाता शिक्षाको प्रचारप्रसार पनि गराएका थियौं, १४ वटै पालिकामा फोकल पर्सन पनि राखेका थियौं।’

यसका साथै प्रत्येक पालिकाले हरेक वडामा एक जना महिला स्वंयसेविकालाई घरघरमा पठाएर मतदातालाई मतदान गर्ने शिक्षा प्रदान गरेको पनि झाले बताइन्।

यसका साथै यसपालिको निर्वाचनमा चारवटा बेग्ला बेग्लै मतपत्र भएकाले पनि मतदातालाई मतदान गर्ने अलमल नभएकाले पनि बदर मतको संख्यामा कमी आएको झाले बताए। क्रान्ति शाहले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.