Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र रहेका झण्डै दुई सय सडकको सर्भेगरी नक्शङ्कनको कार्य गरिने प्राविधिक शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीले बताए । यसका लागि पैसो परामर्शदाता कम्पनीसँग सम्झौता गरिएको छ । गत जेठ १५ गतेभित्र गुरुयोजना निर्माणको कार्य सक्ने गरी सो कम्पनीसँग रु आठ लाख ५० हजारमा सम्झौता गरिएको छ ।

सम्झौता अनुसार सडकको सर्भे, नक्शाङ्कन, ग्रामीण सहरी सडकको अवस्थाबारे अध्ययन गर्ने, स्तरोन्नति गर्नुपर्ने सडक र कालोपत्र सडकको अध्ययन गरी योजना बनाइने छ । “जनसङख्याको आधार र सवारी चापको अध्ययन गरी कुन ठाउमा कस्तो प्रकारको सडकको आवश्यकता पर्छ, त्यसै अनुसार सडक निर्माण गर्नका लागि योजना बनाइन्छ” इञ्जिनीयर धामीले भने, “योजना निर्माण भएपछि नगरपालिकाले त्यही अनुसार सडक निर्माणको कार्य गर्छ ।” पाँच वर्षका लागि बन्ने गुरुयोजनाको तीन÷तीन वर्षमा अद्यावधिक (पुनरावलोकन) को कार्य हुने उनको भनाइ छ ।

“योजनामा कति वर्षमा नगर क्षेत्रभित्रका सडक कालोपत्र गर्ने र स्तरोन्नति गर्ने कुरा उल्लेख हुन्छ” उनले भने, “सडकको क्षेत्राधिकार तोक्ने कार्य हुन्छ, कुन सडकका लागि कति बजेट लाग्छ, कुन डिजाइनमा बन्छ यी सबै कुरा गुरुयोजनामा उल्लेख हुन्छ ।” “गुरुयोजना बनेपछि सडकका लागि नगरसभाबाट प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सकिन्छ” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “योजनाकै आधारमा सङ्घीय र प्रदेश सरकारबाट बजेट माग गर्न सहज हुन्छ ।”

योजनावद्ध रुपमा नगर क्षेत्रभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न सकिने भएकाले बजेट डुब्लिकेसन नहुने र छिटो विकास हुने उहाँको भनाइ रहेको छ । समविकासको अवधारणा अनुसार सबै वडामा समान रुपमा सडक निर्माण गरी आवागमनलाई सहज बनाउन सकिने उनले उल्लेख गरे । “नगर गुरुयोजना तयार गरी सडक सञ्जालको विस्तारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्छौँ” उनले भने, “नगरको यातायात क्षेत्रलाई व्यवस्थित एवं सहजीकरण गर्न गुरुयोजनाले सघाउ पुरयाउ छ ।”

वातावरणीय अध्ययनको कुरा योजनामा समावेश हुने भएकाले परम्परागत भन्दा पनि गुरुयोजना बनेपछि सडक ढल निकाससहितका आधुनिक तरिकाले निर्माण हुने उनले बताए । नगरवासीको जनजीवन सहज बनाउन र दुर्घटनामुक्त सहर निर्माण गर्न प्रत्येक सडकको चौडाइ मापदण्ड तोक्नका लागि यसअघि नगरपालिकाले सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण कार्यविधि तयार गरेको छ ।

कार्यविधिलाई गुरुयोजनाको आधारका रुपमा लिइने छ । कार्यविधि अनुसार नगर क्षेत्रभित्रका सडकलाई चौडाइका आधारमा ‘क’ देखि ‘च’ सम्म वर्गिकरण गरिएको छ । जसमा २० मिटर चौडाइदेखि ६ मिटर चौडाइसम्मका सडक निर्माण गर्ने कुरा उल्लेख छ । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व