सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आए

सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ । यस्तै एसियाका अन्य देशबाट नौ हजार चार सय १५ जना पर्यटक नेपाल आएका छन् ।

Sana Kishan

युरोपबाट १७ हजार दुई सय ९९ जना नेपाल आएकामा बेलायतका मात्रै पाँच हजार एक सय जना रहेका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डबाट तीन हजार छ सय ७७ जना र अमेरिकी देशबाट नौ हजार १५ जना पर्यटक नेपाल आएका छन् । यस्तै मध्यपूर्वका देशबाट आठ सय ७६ जना र अन्य देशबाट सात हजार आठ सय ४२ जना गरी नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

गएको वर्षको नोभेम्बर महिनाको तुलनामा यो सङ्ख्या झन्डै तेब्बरले धेरै हो । गएको वर्षको नोभेम्बरमा २६ हजार एक सय ३५ जना पर्यटक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघिको वर्ष सन् २०१९ मा नेपालमा नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.