सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलीलाई मेयर शाहको जवाफ : ‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गर्नुभएको छ । आज मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गर्नुभएको थियो । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्नुभएको हो ।

Sana Kishan

मेयर शाहले फेसबुकमा लेख्नुभएको छ, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गर्नुभयो ।

सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर समस्या समाधान हुँदैन ः ओली
मेयर शाहले जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए आफ्नो नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? भनेर ओलीलाई प्रश्न पनि गर्नुभएको छ । अब परिस्थिति फेरिएको बताउँदै उहाँले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिनुभएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.