सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अपेक्षाकृत परिणाम आएन, जनताको अभिमतलाई सम्मान गर्छौंः राप्रपा नेपाल

राप्रपा नेपालले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ ।

पार्टीको मंगलबार बसेको सचिवालय बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ ।

Sana Kishan

बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन नसकेकोलगायतका विषयलाई पराजयको कारण ठानेको छ ।

World Link Ads
Mahakali Polytechnic

निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यलाई व्यवस्थित गर्न र निर्वाचनको समीक्षासहित सुझाव सहितको प्रतिवेदन पेश गर्न बैठकले उपाध्यक्ष डा. बिष्णु भण्डारीको संयोजकत्वमा समितिको गठन गरेको छ । समितिमा बसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मत जंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला सदस्य छन् । अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.