सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवनिर्वाचित प्रतिनिधी सभा सदस्य तामाङ खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै भोली बेलडाँडी आउदै

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित नेकपा एमालेका नेता तारालामा तामाङ गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् ।

कञ्चनपुर क्षेत्र नं. १ मा नवनिर्वाचित प्रतिनिधिसभा सांसद तामाङ घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । मतदातालाई धन्यवाद दिनका लागि तामाङ भोली बेलडाँडी आउने कार्यक्रम तय पारिएको छ ।

Sana Kishan

कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका नेकपा एमालेका नेता तामाङ मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराखेका छन् । निर्वाचित तामाङले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए । आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्दै र खुसी साट्दै आएका छन् । जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संघिय संसदमा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताए । क्षेत्र नं.१ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता समेत जनाए । पश्चिम समाचार बाट

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.