सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसका खड्कालाई हराउँदै नेम्वाङ पाँचौँपटक सांसद

Far weast coaching ad
75
Sana Kishan

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन्।

विवादका बीच सम्पन्न मतगणनाको परिणामअनुसार नेम्वाङ ११४ मतान्तरका साथ निर्वाचित भएका हुन्।

Arus
Karnali Traders

अन्तिम मतपरिणाम अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका छन्। २०५६ सालबाट इलाम–२ बाट निर्वाचनमा होमिएका पूर्वसभामुख नेम्वाङ ५ औँ पटक सांसद चुनिएका हुन्।

उनी यसअघि २०५६, २०६५, २०७० र २०७४ मा इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.