सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।
माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी–१ मा गिरीराजमणि पोखरेल र सर्लाही–२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

माओवादीले जितेका निर्वाचन क्षेत्र यी हुन्

Sana Kishan

माओवादीले खोटाङ–१ मा जितेको छ । खोटाङ–१ बाट रामकुमार राई निर्वाचित भएका छन् ।भोजपुरमा सुदन किँराती, मोरङ–४ बाट अमनलाल मोदी, काभ्रे–१ बाट सूर्यमान तामाङ, नुवाकोट–१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुली–२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् । त्यस्तै, गोरखा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ–२ बाट देवेन्द्र पौडेल, दाङ–२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

सुदूरपश्चिममा निल बन्यो माओवादी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

Dirghayu Ads

कैलाली–२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर–१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.