सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हुम्ला प्रदेशसभा ’ख’ मा कांग्रेसका शाही विजयी

हुम्ला प्रदेश ख बाट वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो ।

Sana Kishan

कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी जसपाका बलिराज शाहीले ४१ र स्वतन्त्र उम्मेदवार सुमन रावतले २१ मत प्राप्त गर्नुभयो ।

यस्तै एक सय १९ मत बदर भएको छ । यसअघि प्रदेश क को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.