सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा कुन पार्टीको कति सिट ?

१० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको काठमाडौँको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

जसमा काठमाडौँ–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिँह विजयी भएको छन् । यसैगरी काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन् भने काठमाडौँ–३ बाट कांग्रेसकै सन्तोष चालिसे विजयी भएका छन् ।

Sana Kishan

यस्तै काठमाडौँ–४ र ५ बाट कांग्रेसका गगनकुमार थापा र प्रदिप पौडेल विजयी भएका छन् । यसैगरी काठमाडौँ–६, ७ र ८ बाट क्रमश राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै काठमाडौँ–९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन भने काठमाडौँ–१० बाट कांग्रेसकै राजेन्द्रकुमार केसी विजयी भएका छन् ।
यसरी कांग्रेसले ५ सांसद पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने ४ सांसद भएको छ । यस्तै एमालेले १ सांसद पाएको छ । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.