
सुदूरपश्चिम – संगठनात्मक रुपमा कमजोर रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस)ले प्रतिनिधिसभा तर्फको निर्वाचनमा शतप्रतिशत नतिजा ल्याएको छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित हासिल गरेको हो ।
डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । यी तीनैका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।


एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा सफलता पाएको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।
यस्तै ,कञ्चनपुर – ३ को (१) मा नेकपा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर पनि नजिता हात पारेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका बाजी मारे । गोदावरी न्युज बाट सभार
