
उठ्ने छन् एक दिन ती नजर सुस्तरी सुस्तरी
र रसाउने छन् गुलाफी अधर सुस्तरी सुस्तरी
उकालो लागेको जवानी बेहिसाब सपनाहरू
घरी चढ्छ घरी ओर्लन्छ रहर सुस्तरी सुस्तरी


अधुरा सपना बोकेर पिठ्युँमा अघि बढ्नु छ
यसरी नै पार गरिन्छन सफर सुस्तरी सुस्तरी
यी हिड्दै जोडिएका सम्बन्ध आफन्त छोड
बस्न छोडे पराइ लाग्छन् घर सुस्तरी सुस्तरी
गल्ली र सडकहरू पनि गिज्याउन थालेछन
शून्य लाग्दैछ अचेल यो नगर सुस्तरी सुस्तरी ✒️ धर्मानन्द भट्ट हुन ।
