सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओम बिक्रम भाटलाई बधाई दिँदै बचन सिंहले भने, ‘जनताका हरेक सुख र दुःखमा सेवकका रुपमा सधैं सँगै रहनेछु’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (१) सुदुरपश्चिम प्रदेश सभा सदस्यमा पराजित नेकपा एमालेका उम्मेदवार रहेका बचन बहादुर सिंहले ओम बिक्रम भाट (सरल) लाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् सिंहले सत्तागठबन्धन (नेकपा माओवादी केन्द्र)बाट निर्वाचित उम्मेदवार ओम बिक्रम भाटलाई बधाई दिएका हुन् ।

सिंहले भने,‘यस क्षेत्रबाट विजयी ओम बिक्रम भाटलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’ सिंहले आगामी दिनमा हरेक जनताका सुखदुःख र समस्यामा सेवकका रुपमा सधैं संगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताका लागि गरिने हरेक काममा आफ्नो सधैं रचनात्मक सहयोग रहने समेत सिंहले बताए ।

Sana Kishan

उनले निर्वाचन लोकतन्त्रको सुन्दरता रहेको बताउँदै विजय, पराजय पनि स्वभाविक प्रक्रिया भएको बताए । निर्वाचनका दौरान अमूल्य मत प्रदान गर्ने मतदाता संगै विभिन्न माध्यमबाट साथ,सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । भाटले १० हजार ९२५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी सिंहले १० हजार ४५० मत ल्याएका थिए । उनीहरु बीचको मतान्तर ४ सय ७५ छ । सेतीकाली न्युज बाट

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.