
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिं ओली विजयी भएका छन् ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य टेक बमलाई ९१९ मतले पछि पार्दै विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार ओलीले १४ हजार ४७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार टेक बमले १३१२८ मत प्राप्त गरेका छन् ।बमले २०७४ को स्थानीय तहको निर्वाचनमा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदमा पराजय व्यहोर्नुपरेको थियो भने यस पटक प्रदेश सभा सदस्य निर्वाचनमा पनि हार खेप्नुपरेको छ । गोदावरी न्युज बाट सभार

