
पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको हो।

कुर्मी २०७४ सालको आम चुनावमा त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो । उज्यालो अनलाइन बाट सभार
