सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँके–२ को प्रदेशसभा १ मा यादव विजयी

बाँके–२ को प्रदेशसभा १ मा जनता समाजवादी पार्टी जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ ।

Sana Kishan

यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको थियो । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।

बाँके क्षेत्र नं २ १ मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.