सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुस्ताङमा प्रतिनिधि सभाको मतगणना सुरु

Far weast coaching ad
127
Sana Kishan

मुस्ताङमा मतगणना कार्य सुरु भएको छ। मतगणना बिहान ३ः३५ बजे सुरु भएको हो। पहिलो चरणमा प्रतिनिधिसभातर्फको मतगणनाकार्य सुरु गरिएको छ।

मतगणनामा अन्तर पालिका मतपेटिका मिश्रित गरी मतगणना सुरु गरिएको हो। सुरुआती चरणमा लोमान्थाङ गापा –५ लोमान्थाङ, लोघेकर दामोदरकुण्ड–१ मराङ, घरपझोङ–१ चिमाङ र थासाङ–३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो।

Arus
Karnali Traders

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसको ५३७ मत, नेकपा(एमाले)को ४२१ मत, रास्वपाको १२ मत र राप्रपा नेपालले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।

मतगणनामा ५ जना कर्मचारी खटिएका छन्। यसअघि मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान १ बजे जिल्ला आइसकेको थियो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणनाकार्य अघि बढाइएको हो।
मतगणनामा उम्मेदवार र दलका एक÷एक जना प्रतिनिधि गणनास्थलमा बस्न पाउने व्यवस्था गरिएको हो। केही बेरमा प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुनेछ। मुस्ताङको ३९ मतदान केन्द्रमा १०,९५७ मतदातामध्ये ७,२३० मत अर्थात ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो। सुन्दरकुमार थकालीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.