सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन मतदाताहरूलाई अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनसँग सम्बन्धित निकायहरूलाई निर्वाचन सफल बनाउन आह्वान गरेकी छन् ।

आम निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ऐतिहासिक महत्त्व रहेको पनि राष्ट्रपतिको भनाइ छ । ’भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ,’ राष्ट्रपतिले भनेकी छन्, ’निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।’

राष्ट्रपतिले मतदाताहरूलाई अनुरोध गरेकी छन्, ’मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु ।’

World Link Ads
Mahakali Polytechnic

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गरेकी छन् ।

Dirghayu Ads
Sana Kishan

जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको भनाइ छ । ’जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ,’ राष्ट्रपतिको भनाइ छ ।

 

ईकान्तिपुर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.