सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने

Far weast coaching ad
127
Sana Kishan

के तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएको छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएको हुनुपर्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको छ ।

Arus
Karnali Traders

यस्तै प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरुको नाममा मत नहाल्न, दोहो¥याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.