सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री शेरबहादुर देउवा फेरि गृहजिल्ला आउँदै

52
Sana Kishan

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि गृह जिल्ला आउने भएका छन्। उनी मंगलबार धनगढी पुगेका र बुधबार गृहजिल्ला आउने कार्यक्रम रहेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन् । देउवा बुधबार बिहान गृहजिल्ला पुग्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Arus
Karnali Traders

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवासहित नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.