सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस कञ्चनपुरका ‘पिलर’ बहादुर सिह थापा प्रदेश सभा सदस्यको यात्रामा

कञ्चनपुर : बहादुर सिह थापा काँग्रेस कञ्चनपुरको चर्चित नाम हो । जिवन नै राजनीतिमा सर्मपण गरेका तीनै बहादुरले काँग्रेस कञ्चनपुरलाई जुरुक्क उठाएका पात्र हुन । लामो समय काँग्रेसको राजनीति गरेका थापा पाटी भित्र मात्र होईन जिल्लाको राजनीतिक, समाजिक साँस्कृतिक बृद्धि विकासका भूमिका निर्वाह गरेका व्यक्तिकै रुपमा परिचित छन ।

अहिले संविधान सभा सदस्य थापा कञ्चनपुर निर्वाचन क्षेत्र २(ख) प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन । थापा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यको यात्रामा होमिएका हुन । झण्डै ४७ बर्षदेखि निरन्तर काँग्रेसको राजनीति गर्दै आएका थापा ०३२ सालमा नेवि संघबाट राजनीतिमा होमिएका थिए ।

०३४ सालमा अध्ययनका लागि भारतको पिथौरागढ जिआईसी कलेज र कुमाउ विश्वविद्यालयमा अध्ययनका क्रममा अखिल नेपाल विद्यार्थी सघ अध्यक्षको नेतृत्वको गर्दै नेपाल विद्यार्थीको हकहितका लागि काम गरेका थिए । उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्किएका थापा विद्यार्थी र पाटी राजनीतिमा होमिएका थिए । ०४६ सालको दोस्रो जनआन्दोलनमा मुख्य भूमिकामा रहेका थापालाई बहुदल पुर्नस्थापना भएपछि काँग्रेस नेताहरुले पार्टीको सदस्यता वितरण गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

बहुदल पुर्नस्थापनाका लागि आन्दोलनको संयोजन गरेका थापाको भूमिका सरानिय भएको दल र जनताबाट पसंसा पाएका थिए । ०४७सालमा काँग्रेस क्षेत्रीय सभापति भएका थापा दुई कार्यकाल क्षेत्रीय सभापति भएका थिए । ०४७देखि निरन्तर तीन कार्यकाल ०७२सम्म नेपाली काँग्रेस कञ्चनपुरको पाटी सभापति भई जिल्लाकै नेतृत्व गरेका थापा ०७८मा पाटी सभापतिमा पराजित भएका थिए ।

Dirghayu Ads
Sana Kishan

०६४, ०७०, ०७४ र ०७९चार पटक चुनावी मैदानमा रहेका थापा मुख्यमन्त्रीकै रुपमा हेरिएका थापा यस अघि अधिल्लो प्रतिनिधी सभा सदस्यमा पनि उम्मेदवार थिए । ०६४मा सम्पन्न भएको पहिलो संविधान सभा सदस्यमा पराजित भएका थापा, ०७० मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचित भए, ०७४मा प्रदेश सभा सदस्य पराजित भएपछि पुन ०७९मा दोस्रो पटकको प्रयासमा प्रदेश सभा सदस्यको यात्रा अघि बढाएका छन ।

०७० मा क्षेत्र ३ बाट निर्वाचित भएका बहादुरले उक्त क्षेत्रका पूर्वाधार सहित थुप्रै क्षेत्रका काम गरेर चर्चा बटुलेका थिए । ०७४ मा सम्पन्न भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसका तर्फबाट थापा एक्लैले ११ हजार ८५१ मत ल्याएका थिए । उतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच बाम गठबन्धन हुँदा थापाको प्रदेश सभामा आउने यात्रामा ब्रेक लाग्यो ।

दोस्रो पटकको प्रयासमा संविधान सभा सदस्य थापा प्रदेश सभा सदस्यको यात्रामा छन । उनी आफ्नो चुनावी क्षेत्रमा रातदिन खटिएका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २का प्रतिनिधी सभा सदस्य थापा एनपी साउद सहित गठबन्धनका नेता कार्यकर्ताको साथमा चुनावी प्रचारप्रसारमा होमिएका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार थापाले संविधानको रक्षा, व्यवस्थालाई संस्थागत गर्दै दिगो विकास र सम्बृद्धिको एजेण्डा अघि सारेका छन । थापाले स्थानीयदेखि केन्द्रीय एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन । ‘मैले यस अघि ०७० मा चुनाव जितेर ल्याएका भौतिक पूर्वाधार तर्फका केही बाँकी योजना अघि बढाउँछु, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाले भने, ‘केही पुरा भएका छन, केही अधुरै छन, तिनीहरुलाई पुरा गर्छु ।’

चुरेदेखि दक्षिणी निकुञ्जसम्म जोडिएको आफ्नो निर्वाचन क्षेत्रको एकीकृत दिगो विकासका लागि नदी नियन्त्रणदेखि, कृषि, उद्योगको विकासमा काम गर्ने बताए । दैजी छेला औद्योगिक क्षेत्रको थप विकासका लागि समेत पहल गर्ने, जंगली जनावरको क्षति रोक्ने, क्षेत्रलाई उत्तरमा पहाड, दक्षिण अन्य पालिकासंग जोड्ने बताए ।

युवाहरुका लागि रोजगारीमुलक कार्यक्रम संचालन गर्ने, आरक्षपीडितको समस्या समाधान गर्ने, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने आरक्षपीडितको पुर्नस्थापना, मुक्त कमैया हलिया सुकुमबासीको उचित व्यवस्थापन, जस्ता एजेण्डा अघि सारेका छन । क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, संचार रोजगारी सहित विवित पक्षमा काम गर्ने प्रतिबद्धता जोहर गरेका छन । ईसुदूर दर्पण

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.