सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता : पौडेल

काठमाडौं । सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Sana Kishan

ती नेताका अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुने छ । त्यस्तै ५ गते विराटनगर र जनकपुरमा ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ।

World Link Ads
Mahakali Polytechnic

भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३र३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.