सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गठबन्धनबाहिरका उम्मेदवारको पोस्टमा लाइक कमेन्ट नगर्न कञ्चनपुर कांग्रेसको निर्देशन

कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि गठबन्धनका पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

Sana Kishan

मंगलबार जिल्ला कार्यसमिति सचिव भीमराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत वामलोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अन्यको पक्षपोषण नगर्न निर्देशन दिइएको हो । विज्ञप्तिमा आधिकारिक उम्मेदवारबाहेकलाई पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक नगर्न भनिएको छ ।

‘आधिकारिक उम्मेदवारहरु बाहेकको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार प्रसार जस्ता कार्यहरु नगर्न र लोकतान्त्रिक वामगठबन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।       

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.