Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आफ्नै पूर्वनेता विरुद्ध भिड्नुपर्ने बाध्यतामा एमाले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका करिब २५ उम्मेदवारहरूले यसपटक आफ्नै पूर्व नेताविरुद्ध चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुपर्नेछ । अघिल्लो संसदको सबभन्दा ठूलो दल एमाले यो पटक पार्टी विभाजनका कारण सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता र पार्टीभित्रको टिकट वितरणमा असन्तुष्ट भएर विद्रोह गरेकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको हो ।

सत्ता गठबन्धनबाट एमालेसँग छुट्टिएर एकीकृत समाजवादीमा लागेका १९ जनाले टिकट पाएका छन् । एकीकृत समाजवादीले टिकट पाएका अधिकांश ठाउँमा एमालेले आफ्नै पार्टीका उम्मेदवार उठाएको छ । त्यसले एमालेका उम्मेदवारहरू आफ्नै पूर्व नेताहरू विरुद्ध चुनावी मैदानमा उत्रिनु पर्नेछ ।
एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने प्रायः ठाउँहरूमा यसअघिका निर्वाचनमा एमालेले जित हात पार्दै आएको थियो । तर यसपटक पार्टी विभाजन र पार्टीबाट छुट्टिएर गएका नेताहरूलाई सत्ता गठबन्धनको साथ हुने हुँदा ती क्षेत्रमा एमालेले कठिन प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

एकीकृत समाजवादीका १९ उम्मेदवारसँग प्रतिस्पर्धा
दलीय व्यवस्थामा व्यक्तिले दल रोज्ने र त्यसले आन्तरिक तथा बाह्य प्रतिस्पर्धाको श्रृङ्खलामा उतारचढाव ल्याइरहनु सामान्य जस्तै हुन्छ । तर हिजो आफूले र आफूलाई साथ दिएका सहकर्मीसँग आज प्रतिस्पर्धा गर्नु भने जस्तोसुकै मैदानमा पनि त्यति सहज हुँदैन ।

दाङ–१ मा एमालेबाट उम्मेदवारी मनोनयन गरेकी शान्ता चौधरी आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्दा दुख लागेको बताउँछिन् । ‘हिजो आफूसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । त्यसले त्यति धेरै अप्ठेरो लाग्दैन । किनभने, यो व्यवस्थामा दल फरक भएपछि प्रतिस्पर्धा गर्नु अनिवार्य सर्त हो’, चौधरी भन्छिन्, ‘त्यसमा आफूले पनि मेहनत गरेर बनेका आफूजस्तै साथीहरू अरू कसैको निर्देशनमा चलिरहेका छन् भन्दा दुःख लाग्छ ।’

शान्ताको क्षेत्रबाट यसअघिका सांसद मेटमणि चौधरी एकीकृत समाजवादीबाट उम्मेदवार छन् । उनलाई सत्तारुढ गठबन्धनले साथ दिएको छ । उनीहरू दुवैजना पार्टी आन्दोलनमा मात्रै नभएर अन्य थारु समुदायका लागि भएका संघर्षमा पनि सहकार्य गरेका नेताहरू हुन् । पार्टी विभाजनपछि शान्ता एमालेमा नै रहिन् भने मेटमणि एकीकृत समाजवादीमा लागे ।

चुनावको परिणामका हिसाबले भने शान्ता आफ्नो मेहनतलाई मतदाताले विश्वास गर्ने निश्चिन्त छिन् । तर, उनका लागि उक्त क्षेत्रबाट चुनाव जित्न त्यति सहज भने छैन । एमालेसँग चुनावी तालमेल गरेका अन्य दलहरूको अवस्था उनको क्षेत्रमा कमजोर छ । त्यसैमा एमाले विभाजन भएको छ र टिकटका लागि आन्तरिक प्रतिस्पर्धा गरेकी गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यसले उनमा केही अभावको महसुस पक्कै गराएको छ ।

यस्ता धेरै निर्वाचन क्षेत्रहरू छन् जहाँ यसअघि एमालेले सहजै जित हासिल गथ्र्यो र अहिले तिनै जितिरहने आफ्ना पुराना नेताहरू विरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

इलाम क्षेत्र नम्बर १ पूर्व प्रधानमन्त्री झलनाथ खनाल लामो समयदेखि चुनाव उठ्दै र जित्दै आएको ठाउँ हो । एकीकृत समाजवादीमा लागेका खनालले यसपटक पनि सोही क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी मनोनयन गरेका छन् । एमालेले उक्त क्षेत्रमा पार्टीका जिल्ला अध्यक्ष महेश बस्नेतलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै धादिङको १ नम्बर पनि एमालेको बलियो पकड भएको क्षेत्रमध्ये पर्छ । यसपटक त्यहाँबाट गठबन्धनले एकीकृत समाजवादीका उपाध्यक्ष तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ । एमालेले सोही क्षेत्रबाट पाण्डेसँग व्यक्तिगत हिसाबले समेत निकट मानिने भूमि त्रिपाठीलाई उम्मेदवार बनाएको छ ।

गुल्मी २ एमाले सचिव गोकर्णराज विष्टको चुनाव जितिरहने क्षेत्र हो । तर त्यहाँ यसपटक आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीसँग विष्टले प्रतिस्पर्धा गर्नुपर्ने छ । गठबन्धनबाट एकीकृत समाजवादीले पार्टी सचिव झाँक्रीलाई उम्मेदवार बनाएको छ । एमालेमा रहँदा झाँक्री र विष्ट एउटै समूहमा हुन्थे ।

काठमाडौं ८ पनि एमालेको बलियो पकड रहेका क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा जीवनराम श्रेष्ठले यस क्षेत्रबाट जितेका थिए । श्रेष्ठ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागे । गठबन्धनले उनैलाई अहिले उक्त क्षेत्रको उम्मेदवार बनाएको छ । त्यहाँ एमालेले काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख शिव राजवैद्यलाई उम्मेदवार बनाएको छ । एमालेले अष्टलक्ष्मी शाक्यलाई टिकट दिए पनि उनले अस्वीकार गरेपछि आइतबार अन्तिम समयमा आएर एमालेले राजवैद्यलाई उठाएको हो ।

एमालेले यसअघि लामो समयसम्म टिकट नदिएका ठाकुर गैरेलाई यसपटक पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । यहाँबाट यसअघि एमालेका पूर्व नेता सोमप्रसाद पाण्डेले चुनाव जितेका थिए । गैरेलाई ०७० र ०७४ का चुनावमा टिकट दिएर पनि अन्तिम समयमा खोसिएको थियो ।

चुनाव जितेका पाण्डे अहिले एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार छन् । यस्तो अवस्थामा गैरेलाई एमालेले टिकट दिएको छ । जसका कारण एमालेमा हुँदा एउटै समूहमा रहेर काम गर्ने पाण्डे र गैरेबीच प्रतिस्पर्धा हुनेछ ।

एकीकृत समाजवादीका नेता पाण्डे आफ्नो चुनावी जित निश्चित भएपनि आफूले हिजो सँगै काम गरेका साथीभाइसँग लड्नु अप्ठेरो हुने बताउँछन् । ‘राजनीतिमा यस्तो स्वभाविक हो । तर आफैंले हिजो संगठित गरेका र सँगै संघर्ष गरेको पंक्तिसँग प्रतिस्पर्धा गर्नुपर्दा अप्ठेरो हुनेरहेछ,’ उनी भन्छन्, ‘तर राजनीतिमा यसलाई अन्यथा लिइनु हुँदैन । चुनावकै कुरा गर्ने हो भने त झन् मलाई हिजोदेखि साथ दिने मान्छेहरू आज पनि दिन्छन् । अहिले त गठबन्धन भएपछि थपिएका पनि छन् ।’ उनले हिजो साथ दिनेहरू सँगै अब नयाँ समर्थक र सहयोगीहरू समेत थपिएको बताए ।

१० बुँदे पक्षधरलाई पाखा लगाउन खोज्दा घाटा

एमाले विभाजनका समयमा १० बुँदेमार्फत पार्टी एकताको पक्षमा लागेका केही नेताहरूले समेत टिकट पाएनन् । जसका कारण ती क्षेत्रमा पनि एमालेले आफ्नै पूर्व नेताहरू विरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

रुपन्देही क्षेत्र नम्बर १ यसको एउटा ज्वलन्त उदाहरण हो । जहाँ उम्मेदवार मनोनयनको अघिल्लो दिन मात्रै पार्टी परित्याग गरेका नेता घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँग वैचारिक विमति राख्ने भूसाल अघिल्लो संसद विघटनको घटनापछि व्यवहारिक हिसाबले पनि उनीसँग संघर्ष गरिरहन्थे ।
संसद विघटनको घटनामा साथ नदिएको र आफू नेतृत्वको सरकार ढल्दा असहयोग गरेको भन्दै भुसाललाई यसपटक ओलीले टिकट दिएनन् । त्यसबाट रुष्ट बनेका भूसालले एमाले परित्याग गरेकै दिन मध्येरातमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई गठबन्धनबाट सहयोग हुने आश्वासन दिए । भूसाल उठ्ने क्षेत्रमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा उम्मेदवार उठाएन ।

एमालेले भने उक्त क्षेत्रबाट पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यसअघि सांसद रहेका भूसालको व्यक्तिगत मत र गठबन्धनको सहयोगका कारण एमाले सचिव विश्वकर्मालाई त्यहाँबाट चुनाव जित्न मुश्किल पर्ने देखिन्छ ।

अछाम १ पनि एमालेले निरन्तर चुनाव जित्ने क्षेत्रहरू मध्ये एउटा महत्वपूर्ण ठाउँ हो । जहाँबाट एमाले नेता भीम रावलले चुनाव लड्दै र जित्दै आएका थिए । तर यसपटक एमालेले रावललाई टिकट नदिएर केही महिनाअघि माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका झपड बोहरालाई उम्मेदवारको टिकट दियो ।

त्यसले एमालेलाई थप कमजोर बनाउने देखिएको छ । रावलले टिकट नपाएपछि शनिबार नै जिल्लाका धेरै नेताहरूले सामूहिक राजीनामा मात्रै दिएनन् आइतबार मनोनयन दर्ताका क्रममा एमाले अध्यक्ष ओलीविरुद्ध नारावाजी समेत गरे ।

उक्त क्षेत्रबाट गठबन्धनले एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । कुँवर यसअघि एमालेमा रहँदा रावलसँगै निकट थिए । पार्टी विभाजनका क्रममा भने उनले रावललाई छाडेर ठूला तप्कासहित एकीकृत समाजवादीमा लागे । यो क्षेत्रमा एमालेमा लामो इतिहास नभएका रावलसँग कुँवरको प्रतिस्पर्धा हुने भएपनि एमालेको आन्तरिक संगठन र मत परिणाममा भने गम्भीर असर पुग्ने निश्चित छ ।

यी हुन् एकीकृत समाजवादी र एमालेका उम्मेदवार भिड्ने १९ क्षेत्र यो समाचार अनलाईन खबरबाट सभार गरिएको छ ।

इलाम–१
उदयपुर– २
रौतहट– १
बारा– ४
धादिङ –१
काठमाडौं– ८
ललितपुर– २
मकवानपुर– २
कास्की– २
गुल्मी– २
पाल्पा–२
रूपन्देही– २
दाङ– १
सल्यान
डोल्पा
दैलेख– १
अछाम– १
बझाङ
डोटी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व