सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयोगमा पुगेर प्रधानमन्त्रीसहित नेताहरूको प्रतिबद्धता : चुनावी आचारसंहिता पालना गर्छाैँ

प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

Sana Kishan

आज आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसंहिता पालना गर्ने विषयमा हस्ताक्षरसमेत गरेका छन् । आचारसंहितामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा पुगेका थिए ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । लागू गर्नुअघि नै आयोगले दलहरूबाट प्रतिबद्धता लिएको हो ।  उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.