सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुस्तीमा सुदूरपश्चिमबाट कञ्चनपुरका रैकाल विजयी, राष्ट्रियमा स्वर्ण ल्याउने अठोट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरिय कुस्ती खेलमा कञ्चनपुरको बेदकोट नगरपालिकाका कर्मचारी बिनोद रैकाल विजयी भएका छन् । कञ्चनपुरको महेन्द्रनगर कबर्डहलमा आयोजित प्रदेश स्तरिय कुस्ती खेलमा बिहिबार रैकाल बिजय भएका हुन् ।
एक सय २५ केजी तर्फको प्रतियोगितामा सहभागि भएका रैकाल विजय भए संगै नवौं राष्ट्रिय खेलकुदका लागि सुदूपश्चिमबाट खेल्नेछन् ।
कुस्ती खेलाडी रैकाल बेदकोट नगरपालिकामा कार्यरत छन् । उनी नगरपालिकाको दमकल सहायक हुन् ।
राष्ट्रिय खेलकुदमा रैकालले कुस्तीमा यस पुर्व दुई पटक सम्म सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाई सकेका छन् । यस पटक पनि सुदूरपश्चिमलाई स्वर्ण दिलाउने कुस्ती खेलाडी रैकालको अठोट छ । नवौँ राष्ट्रिय खेलकुद असोज तेस्रो सातादेखि पोखरामा सञ्चालन हुँने छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.